मेयरद्वय बालेन र हर्कबीच भेटवार्ता, भेटमा यस्तो भयो छलफल « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

मेयरद्वय बालेन र हर्कबीच भेटवार्ता, भेटमा यस्तो भयो छलफल


२१ चैत्र २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।

संघीय राजधानी काठमाडौँ आएका मेयर साम्पाङलाई बालेनले आफ्नो कार्यकक्षमै भेट्न बोलाएका थिए ।

भेटका क्रममा किराँत संस्कृति अनुसार शुभको पहिचानको रूपमा रहेको सिलाम साक्मा मेयर हर्क साम्पाङले बालेनलाई लगाइदिएका छन् ।

हर्कसँगको भेटपछि बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सिलाम साक्माले मृत्युको बाटो छेके झैँ, नेपालमा विकासको बाटो कसैले छेक्न नसकोस् ।’

दुई नगरहरू बीच भइरहेको पछिल्लो कामको गतिविधि, फोहोर एवम् फुटपाथ व्यवस्थापन लगायतका विषयमा छलफल भएको मेयर बालेनको सचिवालयले जनाएको छ ।

मेयर हर्क भने खानेपानी आयोजनाका लागि बजेट माग्न काठमाडौँ आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस