चितवन-२ का उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

चितवन-२ का उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी


२१ चैत्र २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेविरुद्ध युवराज पौडेल (सफल)ले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।

नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा ३ महिना अवधि व्यतीत नभई निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको उजुरीमा उल्लेख छन् । तर, रवि लामिछानेले माघ १५ गतेमात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता पुनर्प्राप्ति गरेको र सो अघि उनले निस्सा बुझाएको नदेखिएकाले देखिएकाले उम्मेदवार बन्न अयोग्य रहेको जिकिर गरिएको छ।

उजुरीमा लामिछानेको उम्मेदवारी बदर गरी उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गर्न माग गरिएको छ ।

लामिछानेले सोमबार चितवन-२ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका थिए । आज उम्मेदवारीविरुद्ध दाबी विरोध गर्न सकिने निर्वाचन आयोगको कार्यतालिका छ।

Tags :
प्रतिक्रिया दिनुहोस