रविको राहदानी विवादसम्बन्धी रिटको सुनुवाइ न्यायाधीश सिन्हाको इजलासमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रविको राहदानी विवादसम्बन्धी रिटको सुनुवाइ न्यायाधीश सिन्हाको इजलासमा


२१ चैत्र २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी विवाद मुद्दामा आज सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदैछ ।

युवराज पौडेल (सफल) ले रवि लामिछानेको राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दिएको रिटमाथि न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा सुनुवाइ हुन लागेको हो ।

लामिछानेले झुटा विवरण दिएर राहदानी बनाएको अभियोगमा मुद्दा चलाउन नपर्ने भनी महान्यायाधिवक्ताले गरेको निर्णय दुराग्रहपूर्ण रहेको भन्दै पौडेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

लामिछानेमाथि राहदानी विवादमा मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ताले गरेको निर्णय बदर हुनुपर्ने, लामिछाने उपर झुटा विवरण दिएर राहदानी बनाएको मुद्दा चलाउनु भनी परमादेश जारी गरिनुपर्ने र महान्यायाधिवक्ताले मुद्दा नचल्ने भनी गरेको निर्णय कार्यान्वयन नगर्नु/नगराउनु भन्दै अन्तरिम आदेश जारी हुनुपर्ने उनको माग छ ।

Tags :
प्रतिक्रिया दिनुहोस