सहसचिवको अन्तिम नतिजा सार्वजनिक, उपसचिव भण्डारीसहित ५ जना नियुक्तिका लागि सिफारिस « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सहसचिवको अन्तिम नतिजा सार्वजनिक, उपसचिव भण्डारीसहित ५ जना नियुक्तिका लागि सिफारिस


२० चैत्र २०७९, सोमबार


काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)को अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

आयोगले आन्तरिक प्रतिस्पर्धातर्फ अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको आधारमा उत्तीर्ण नेपाल लेखा परीक्षण, नेपाल प्रशासन सेवा, नेपाल परराष्ट्र सेवा र नेपाल न्याय सेवातर्फ सहसचिवको नतिजा प्रकाशित गरेको हो ।

नतिजाअनुसार प्रशासनतर्फ खुल्लामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत उपसचिव अर्जुन भण्डारी र भरत खनाल रहेका छन् भने आजतर्फ कुमानसिंह गुरुङ तथा परराष्ट्र सेवातर्फ सुरेन्द्र थापा र न्यायतर्फ पूजा खत्रीलाई स्थानीय नियुक्तिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस