नेपाल एयरलाइन्सको लापरबाहीले निराशा बनायो : मन्त्री किराती « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाल एयरलाइन्सको लापरबाहीले निराशा बनायो : मन्त्री किराती


२० चैत्र २०७९, सोमबार


काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को क्रमबद्ध तीन घटनाले निराशा बनाएको बताएका छन् ।

सोमबार मन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल एयरलाइन्सको क्रमबद्ध तीन घटनाले धेरैलाई निराशा बनाएको उल्लेख गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘नेपाल वायुसेवा निगममा पछिल्लो समयमा भएका मलेसियाको नियमित फ्लाइट क्यान्सिल, दिल्लीमा जहाजको चक्कामा आएको समस्या, ११ घण्टा ढिलो गरी भएका उडान लगायतका शृङ्खलाबद्ध घटनाक्रमले धेरै महानुभावहरूलाई निराश बनाएका सन्देशहरू मलाई प्राप्त भएको छ ।’

यी घटनाले थप जिम्मेवार र समस्याप्रति अझ संवेदनशील बन्न प्रेरित गरेको उनले बताएका छन् । ‘मलाई यी घटनाहरूले निराश बनाएको छैन बरु थप जिम्मेवार र समस्याप्रति अझ संवेदनशील बन्न प्रेरित गरेको छ,’ उनले लेखेका छन् ।

मन्त्री किरातीले यो रोग पुरानो पीडा सहेर बस्न सक्ने स्थिति नभएको उल्लेख गरेका छन् । ‘हामी सबैलाई थाहा छ रोग पुरानो हो अब धेरै पीडा सहेर बस्न सक्ने स्थिति हामीलाई पटक्कै छैन,’ उनले लेखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस