धितोपत्र बोर्डका ऊर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधान कारवाहीमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

धितोपत्र बोर्डका ऊर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधान कारवाहीमा


२० चैत्र २०७९, सोमबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ऊर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधानलाई कारबाही गरेको छ ।

१९ चैत आइतबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले नेपाल हाइड्रो डेभलपर्स कम्पनीका तत्कालीन अध्यक्ष प्रधानलाई ७५ हजार रुपैयाँ नगद जरिवाना सहित १० वर्षसम्म कुनै पनि पब्लिक लिमिटेड कम्पनीको सञ्चालक वा व्यवस्थापक बन्न नसक्ने गरी कारबाही गरेको हो ।

बोर्डको विभागीय अध्ययनमा प्रधानले अनाधिकृत रूपमा सेयर कारोबार गरेको पुष्टि हुने आधार देखिएपछि २४ मंसिरमा प्रधानलाई गैर कानुनी रूपमा सेयर कारोबार गरेको आरोपमा अनुसन्धान गर्ने तहकिकात अधिकृत नियुक्त गरेको थियो ।

अध्ययन अनुसार प्रधानले सूचीकृत सङ्गठित संस्थाको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरीत धितोपत्र कारोबार गरेको पुष्टि भएको पाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस