नागरिक उन्मुक्तिले अन्य दललाई समर्थन नगर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नागरिक उन्मुक्तिले अन्य दललाई समर्थन नगर्ने


२० चैत्र २०७९, सोमबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ । सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो ।

सो पार्टीका नेता लक्ष्मण थारुका अनुसार बारा-२ मा रामचन्द्र चौधरी, चितवन–२ मा राजेश अधिकारी र तनहुँ- १ बाट भीम सुनारलाई पार्टीले उम्मेदवार बनाएको र आज सोमवार सम्बन्धित निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन गरिनेछ । आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस