ए डिभिजन लिग : छैटौं चरणका खेल आजबाट « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

ए डिभिजन लिग : छैटौं चरणका खेल आजबाट


२० चैत्र २०७९, सोमबार


काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणको खेलहरू आजबाट सुरु हुँदैछ ।

लिगको छैटौं चरण अन्तर्गत आज (सोमबार) दुई खेलहरू हुँदैछ । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुने भएको छ ।

च्यासल मैदानमा दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्ने छन् । विभागीय डर्बी भिडन्त दिउँसो २ बजे सुरु हुनेछ ।

एपीएफ आज तेस्रो जितको खोजीमा हुनेछ । एपीएफ ७ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । पुलिस लिगमा पहिलो जितको खोजीमा हुनेछ । पाँचौँ चरणसम्म जित विहीन पुलिस पहिलो ३ अङ्कको योजनामा रहेको छ । पुलिस १ अङ्क जोडेर पुछारमा रहेको छ ।

यस्तै एन्फा कम्प्लेक्समा सङ्कटा क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सङ्कटा र खुमलटारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

सङ्कटा दोस्रो जितको योजनामा हुनेछ । सङ्कटा ५ खेलमा ६ अङ्क जोडेर आठौं स्थानमा रहेको छ । खुमलटार तेस्रो जितको खोजीमा हुनेछ । खुमलटार ६ अङ्क जोडेर नवौं स्थानमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस