काठमाडौँ आउने यात्रुलाई नेपालगञ्ज झारेर अलपत्र पारेपछि… « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ आउने यात्रुलाई नेपालगञ्ज झारेर अलपत्र पारेपछि…


१९ चैत्र २०७९, आइतबार


काठमाडौँ । सीता एयरले दाङबाट काठमाडौँ आउन टिकट काटेका यात्रुलाई नेपालगञ्जमा झारेर अलपत्र पारेको पाइएको छ ।

१५ चैतका दिन यस्तो घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सो दिन दाङबाट काठमाडौँ आउने यात्रु बोकेर सीता एयर उडेको थियो । जहाजले ती यात्रुलाई नेपालगञ्जमा झारेर अन्यत्रै उडान गरेको थियो ।

यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्राधिकरणले छानबिन प्रक्रिया अगाडि बढाएको समेत जानकारी दिएको छ ।

‘सीता एयर प्रालिले १५ चैतमा दाङबाट काठमाडौं आउने यात्रु लिई नेपालगञ्ज गएको र त्यहाँ अलपत्र पारी अन्य सेक्टरमा उडान गर्न गएको विषयमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भई सो सम्बन्धमा छानबिन प्रक्रिया अगाडि बढाइएको छ’ प्राधिकरणले भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस