एसइई दिएर फर्केका ४ विद्यार्थीमाथि कुटपिट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एसइई दिएर फर्केका ४ विद्यार्थीमाथि कुटपिट


१९ चैत्र २०७९, आइतबार


धनगढी । कैलालीको धनगढीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर घर फर्किरहेका चार जना विद्यार्थीमाथि कुटपिट भएको छ ।

धनगढी उपमहानगरपालिका-१९ को फूलबारी माध्यमिक विद्यालयमा एसइई दिएर घर फर्किरहेका फूलबारीकै रमेश भण्डारी, जीवन भण्डारी, क्रिस मगर र सागर भण्डारीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कुटपिटबाट चारै जनाको टाउकोमा चोट लागेको छ भने उनीहरूको धनगढीस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमाथि कुटपिट गरिनुको कारण भने खुलेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस