अब सरकारले द्रुत गति लिन्छ : माधव नेपाल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अब सरकारले द्रुत गति लिन्छ : माधव नेपाल


१९ चैत्र २०७९, आइतबार


काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले सय दिन पूरा गर्नु अनौठो नभएको टिप्पणी गरेका छन्।

आइतबार सरकारको सय दिनबारे प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले सरकारले सय दिन बिताएको कुरालाई अनौठो मान्नु जरुरी नभएको बताएका हुन्। उनले प्रधानमन्त्रीले सरकार पुनर्गठन गरेसँगै सरकारले गति लिने दाबी गरे।

उनले भने, ‘यो गठबन्धनको अवस्था भनेको आफैँमा विशेष अवस्था हो। अहिले जुन हिसाबले नेपालको राजनीति बढो तरल छ । त्यो अवस्थाभित्र सय दिन बित्ने कुरालाई कुनै अनौठो मान्नु जरुरी छैन । तर अब एकचोटी यो सरकार गठन गर्ने कुरा पुनर्गठन गर्ने काम भइसकेपछि अब यसले गति लिने अवस्था छ । र अनुभव पनि प्राप्त गर्नुभएका व्यक्ति हुनुहुन्छ प्रधानमन्त्री । मुलुक चलाउने अनुभव प्राप्त गरेका पार्टीहरुपनि यसमा सहभागी छन् । सबैको सहयोगमा यो सरकार अगाडी बढ्छ ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पुस १० गते सरकार गठन भएको थियो। नेपालले बारा क्षेत्र नं। २ को उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस