उपेन्द्र जि षड्यन्त्र गरेर चुनाव लड्न आउँदै हुनुहुन्छ : सिके राउत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपेन्द्र जि षड्यन्त्र गरेर चुनाव लड्न आउँदै हुनुहुन्छ : सिके राउत


१९ चैत्र २०७९, आइतबार


बारा । जनमत पार्टीका अध्यक्ष सीके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई जनताले भर्खरै अस्वीकार गरेकाले यति छिटै फेरि संसदमा जान नसक्ने बताएका छन् ।

आइतबार बारा २ निर्वाचन क्षेत्र पुगेका राउतले केही महिनाअघि मात्रै निर्वाचन हारेका यादव बारा २ मा निर्वाचन लड्न आए त्यो जनमतकै अपमान हुने बताए ।

उनले भने, ‘उपेन्द्र यादव भर्खर पराजित भएर आएको हुनाले यति चाँडो संसदमा जानु हुँदैन । त्यो गर्नुभयो भने जनमत र जनताले दिएको मतको अपमान हो भन्ने जनताले पनि बुझेका छन् । त्यही भएर षड्यन्त्र गरेर उहाँ आउँदै हुनुहुन्छ, तर, यहाँका जनताले सफल हुन दिँदैनन्। यहाँका जनतालाई सीके राउतलाई भेटौँ भन्नेछ । त्यसका साथै जनमत पार्टीको स्वच्छ छवि र सदनमा देखाएको सक्रियताले गर्दा पनि जित्ने लगभग निश्चित छ । उपेन्द्रजी बाहिरबाट आउनुभएको छ । यहाँका जनताले यहीकै भूमि पुत्रलाई जिताउँछन् ।’

राउतले बारा २ मा जनमत पार्टीकै उम्मेदवारले जित्ने दाबी गर्दै भने आफू पनि आवश्यकताअनुसार निर्वाचन अवधिभर बारामै बस्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस