उपनिर्वाचनमा तनहुँ र चितवनमा खटिए दुई महामन्त्री « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपनिर्वाचनमा तनहुँ र चितवनमा खटिए दुई महामन्त्री


१९ चैत्र २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि महामन्त्रीद्वयलाई दुई निर्वाचन क्षेत्रमा खटाएको छ ।

उपनिर्वाचन हुने तनहुँ-१ मा महामन्त्री गगन थापा र चितवन-२ मा अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई खटाएको हो ।

उपनिर्वाचनका लागि सोमबार हुने मनोनयन दर्ताको कार्यक्रममा महामन्त्री थापा र शर्मा त्यसतर्फ जान लागेका हुन् । उनीहरूले त्यहाँ मनोनयन दर्तापछि आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् ।

काँग्रेसले बारा-२ मा भने उम्मेदवारी नदिने निर्णय गरिसकेको छ । त्यहाँ सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका उपेन्द्र यादव उम्मेदवार बन्ने भएका छन् । तनहुँ-१ मा काँग्रेसबाट गोविन्द भट्टराई र चितवन-२ मा जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस