यही संविधानलाई प्रयोग गरेर राजासहितको प्रजातन्त्र ल्याउने प्रयास गरिरहने छौँ : राणा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यही संविधानलाई प्रयोग गरेर राजासहितको प्रजातन्त्र ल्याउने प्रयास गरिरहने छौँ : राणा


१९ चैत्र २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले यही संविधानलाई प्रयोग गरेर राजा सहितको प्रजातन्त्र ल्याउने प्रयास गरिरहने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा उनले यही संसद र संविधान प्रयोग गरेर राजतन्त्र फर्काउने कोसिस गर्ने बताएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि कोणबाट, कुनै पनि तर्क दिएर प्राप्त उपलब्धी, राजनीतिक व्यवस्थालाई कमजोर पार्ने र यसप्रति धावा बोल्न नदिन सरकार दृढ रहेको बताएका थिए ।

त्यसप्रति टिप्पणी गर्दै राप्रपा सांसद राणाले आफूहरूको एजेण्डा अनुसार नै अघि बढ्ने जवाफ दिएका हुन् ।

राणाले भने, ‘गृहमन्त्रीज्यूले भन्नुभयो– गणतान्त्रिक व्यवस्थालाई संरक्षण गर्ने उहाँको जिम्मेवारी हो त्यो स्वाभाविकै हो । तर हामी आफ्नो यो सदनलाई प्रयोग गरेर संविधानलाई प्रयोग गरेर राजासहितको प्रजातन्त्र ल्याउने प्रयास गरिरहने छौँ ।’

प्रतिक्रिया दिनुहोस