गुल्मीको इस्मामा एकल पुरुषलाई मासिक भत्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गुल्मीको इस्मामा एकल पुरुषलाई मासिक भत्ता


१९ चैत्र २०७९, आइतबार


रेसुङ्गा । गुल्मीको इस्मा गाउँपालिकामा एकल पुरुषलाई भत्ता वितरण गर्न थालिएको छ ।

गाउँपालिकाका ६९ एकल पुरुषलाई मासिक एक हजारका दरले भत्ता वितरण गरिएको हो ।

गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा ५५ वर्ष माथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको थियो ।

निर्णय कार्यान्वयन गर्ने क्रममा एकल पुरुषलाई भत्ता वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष तथा प्रवक्ता पार्वती कुँवरले जानकारी दिए ।

इस्मा-१ देखि ६ सम्मका ६९ एकल पुरुषलाई भत्ता वितरण गरिएको हो । एकल महिलाले राज्यबाट भत्ता पाउँदा पुरुष विभेदमा परेकाले उनीहरूलाई भत्ता दिने निर्णय गरिएको उनको भनाइ छ ।

गाउँपालिकाले पहिचान भएका वा सम्पर्कमा आएका ५५ वर्ष माथिका सबै एकल पुरुषलाई मासिक भत्ता उपलब्ध गराउने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस