सिंहदरवार, बालुवाटार, शीतल निवास र यो सदनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौँ : निशा डाँगी « प्रशासन
Logo १६ जेष्ठ २०८०, मंगलबार
   

सिंहदरवार, बालुवाटार, शीतल निवास र यो सदनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौँ : निशा डाँगी


१९ चैत्र २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संसदमा स्वदेशी वस्तु मात्रै प्रयोग हुने व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेकी छन्।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले शीतल निवास, सिंहदरबार, संसद र बालुवाटारमा स्वदेशी वस्तुको मात्रै प्रयोग गरी ती ठाउँहरूलाई आत्मनिर्भर बनाउन सरकारसँग माग गरेका हुन्।

उनले भनिन्, ‘आन्तरिक उत्पादन बढाउन राज्यले के कस्तो नीति बनाएको छरु ती कुराहरू अङ्कमा देखिने गरी किन लागू भएनन् ? समीक्षा गरी आङ्गिक सुधार हुने गरी नीति ल्याउन छलफल चलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। सभामुख महोदय, सिंहदरवार, बालुवाटार, शीतल निवास र यो सदनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौँ। यहाँ प्रयोग हुने कुर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै नेपाली प्रयोग गर्नका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

Tags :
प्रतिक्रिया दिनुहोस