सांसद गैरेले भने : ‘मिटरब्याज पीडितसँग गरिएको सम्झौता धोका हो’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सांसद गैरेले भने : ‘मिटरब्याज पीडितसँग गरिएको सम्झौता धोका हो’


१९ चैत्र २०७९, आइतबार


काठमाडौँ। नेकपा एमालेका सांसद ठाकुर गैरेले मिटरब्याज पीडितको समस्या समाधान गर्न आयोग गठन गर्ने सरकारको तयारी प्रति प्रश्न उठाएका छन् ।

आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गैरेले शनिवार सरकारी वार्ता टोली र पीडितहरूको वार्ता टोलीबीच भएको पाँच बुँदे सहमतिलाई उनले धोकाको संज्ञा दिए ।

सांसद गैरेले भने, ‘यो मिटरब्याजीहरुबाट पीडित भएका नागरिकहरूमाथि फेरि अर्को धोकाधडी भएको छ । एउटा आयोगको प्रतिवेदन थन्काएर फेरि अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अलमल्याउने र पीडकहरूलाई उन्मुक्ति दिनेतर्फ जुन काम भएको छ । यो करेक्सन हुनुपर्छ र तत्काल पीडकहरूले कारबाही पाउनुपर्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस