पूर्व मन्त्री जोशी र कोइरालासहितका नेताको कारबाही फुकुवा गर्ने काँग्रेसको निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्व मन्त्री जोशी र कोइरालासहितका नेताको कारबाही फुकुवा गर्ने काँग्रेसको निर्णय


१९ चैत्र २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसले पूर्व मन्त्री गोविन्दराज जोशी, विकास कोइरालालगायत नेताको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार सानेपामा बसेको बैठकमा २०७९ भन्दा पहिले स्वतन्त्र उम्मेदवारी दिएर पार्टी अनुशासन उल्लङ्घन गरेका बारा, तनहुँ र चितवन नेताहरूको पुरानै सदस्यता निरन्तरता हुने गरी कारबाही फुकुवा गर्ने निर्णय भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

उनका अनुसार कारबाही फुकुवा गरेका नेताहरुले उपनिर्वाचनमा खेल्ने भूमिकालाई हेरेर आगामी दिनमा निर्णय गर्ने र अनुशासन समितिलाई सक्रिय पार्ने निर्णय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस