मन्त्री र सचिवलाई नासुको एसएमएस -‘नासुका आँसु देख्नु भएन ?’  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्त्री र सचिवलाई नासुको एसएमएस -‘नासुका आँसु देख्नु भएन ?’ 


१९ चैत्र २०७९, आइतबार


काठमाडौँ । नेपाल सरकारका नायव सुब्बा(नासु)हरुले मन्त्री र सचिवलाई एसएमएस पठाएका छन् । सहमति तथा रायका लागि अर्थ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको सङ्घीय निजामती सेवा ऐनको मस्यौदामा आफूहरूले उठाउँदै आएका विषयहरू नसमेटिएको भन्दै देशभरका राजपत्र अनङ्कित कर्मचारीहरूले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी  र सचिव कृष्णहरी पुष्करलाई एसएमएस गरेका हुन् । 

पाँच वर्ष सेवा अवधि भएका कर्मचारीलाई एक तह र दश वर्ष भन्दा बढी सेवा अवधि भएका कर्मचारीलाई २ तह वृद्धि गरियोस् भन्दै तोकिएको सेवा अवधि र शैक्षिक योग्यता भएका राजपत्र अनङ्कित कर्मचारीलाई सहसचिव(एघारौँ) र उपसचिव(नवौँ) तहको खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने कानुनी व्यवस्था हुनुपर्ने उनीहरूको माग छ । 

त्यसै गरी अधिकृत छैटौँ तहको पदपूर्तिमा  ५० प्रतिशत खुल्ला, ४० प्रतिशत बढुवा र  १० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था गरी सेवा प्रवेशको लागि चौथो, छैटौँ, नवौँ र एघारौँ तहलाई प्रवेश बिन्दु कायम गरिनुपर्ने माग उनीहरूले राखेका छन् । साथै सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य बनाइनुपर्नेसमेत बताएका छन् । 

निजामती सेवामा कार्यरत राजपत्र अनङ्कित कर्मचारीहरूले प्रस्तावित संघीय निजामती ऐनमा समावेश गर्नुपर्ने विभिन्न मागहरू राखी विगत लामो समयदेखि विभिन्न विरोधका कार्यक्रम गर्दै आएका छन् ।

यस्तो छ एसएमएस

माननीय मन्त्रीज्यू !

“नासुका आँसु” देख्नु भएन?

तपाईँको ऐन हामीलाई स्वीकार्य छैन!

 पाँच वर्ष सेवा अवधि भएका कर्मचारीलाई १ तह र दश वर्ष भन्दा बढी सेवा अवधि भएका कर्मचारीलाई २ तह वृद्धि गरियोस् ।

तोकिएको सेवा अवधि र शैक्षिक योग्यता भएका राजपत्र अनङ्कित कर्मचारीलाई सहसचिव (एघारौँ) र उपसचिव (नवौँ) तहको खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने कानुनी व्यवस्था होस् ।

अधिकृत छैटौँ तहको पदपूर्तिमा  ५० % खुल्ला ४०% बढुवा  १०% आन्तरिक प्रतिस्पर्धाको व्यवस्था होस्!

 सेवा प्रवेशको लागि चौथो, छैटौँ, नवौँ र एघारौँ तहलाई प्रवेश बिन्दु कायम गरियोस् !

 सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य बनाइयोस्!

जस्ता एस.एम.एस. लेखी आफ्ना माग पुन स्मरण गराएका हुन् ।

निजामती सेवामा कार्यरत राजपत्र अनङ्कित कर्मचारीहरूले प्रस्तावित संघीय निजामती ऐनमा समावेश गर्नुपर्ने विभिन्न मागहरू राखी विगत लामो समयदेखि विभिन्न विरोधका कार्यक्रम गर्दै आएका छन् ।

मुलुक सङ्घीय शासन प्रणालीको गएको लामो समयसम्म सङ्घीय निजामती सेवा ऐन नबन्दा प्रशासनिक अन्यौलता सृजना भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस