कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी


१९ चैत्र २०७९, आइतबार


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा आज बिहान साढे ११ बजेबाट बैठक सुरु भएको हो । बैठकको मुख्य एजेण्डा उपनिर्वाचन रहेको छ । बारा-२ मा उम्मेदवारी दिने वा जसपाका उम्मेदवारलाई समर्थन गर्ने बैठकले निर्णय लिने छ । कांग्रेसले तनहुँ-१ मा गोविन्द भट्टराई र चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

बैठकमा सरकारमा सहभागिताको विषयमा आन्तरिक विवादबारे पनि छलफल हुने बुझिएको छ । सत्ता गठबन्धनमा कांग्रेसले पाएको ८ मन्त्रालयमा तीन मन्त्रालय आफ्नो समूहले पाउनुपर्ने भन्दै शेखर कोइराला गगन थापासमूहले मन्त्रीको नाम पठाएको छैन ।

बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा को कसलाई पठाउने भन्ने विषयमा पनि छलफल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस