राष्ट्रपति भेट्न शिक्षण अस्पताल पुगे प्रचण्ड « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रपति भेट्न शिक्षण अस्पताल पुगे प्रचण्ड


१९ चैत्र २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्।

आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगी प्रधानमन्त्री दाहालले उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । 

 प्रधानमन्त्रीले राष्ट्रपतिको शीघ्र स्वास्थ्य लाभको कामना गरेको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

स्वास्थ्यमा समस्या देखिएको भन्दै राष्ट्रपति पौडेल शनिबार अस्पतालमा भर्ना भएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस