काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको पुरस्कार रकम राष्ट्रिय खेलकुद परिषद्सँग मागेको छ ।
एन्फा कार्य समितिको शनिबार बसेको बैठकले प्रधानमन्त्री कपको पुरस्कार रकम ९ हजार ५०० अमेरिकी डलर र नेपाली टिमको होटेल खर्च राष्ट्रिय खेलकुद परिषद्सँग माग गर्ने निर्णय गरेको हो ।