रास्वपा सबै भन्दा ठूलो र लोकतान्त्रिक पार्टी बन्छ : रवि लामिछाने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

रास्वपा सबै भन्दा ठूलो र लोकतान्त्रिक पार्टी बन्छ : रवि लामिछाने


१८ चैत्र २०७९, शनिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो दल छिट्टै सबभन्द ठुलो र लोकतान्त्रिक पार्टी बन्ने दाबी गरेका छन् ।

१० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा लामिछाने आफूहरूले व्यक्ति होइन, प्रणाली केन्द्रित पार्टी बनाएको बताए ।

काँग्रेस परित्याग गरेका अर्थविद् स्वर्णिम वाग्ले तनहुँ १ र पूर्व डिआइजी रमेश खरेललाई बारा २ मा उम्मेदवार बनाएका रास्वपाका सभापति लामिछानेले अघि भने, ‘आउँदै गरेका हजारौँ क्षमता वान मानिसहरू जोडिन आँटेको यो जनाउ घण्टी मात्र हो ।’

रास्वपा सबभन्दा ठूलो तथा लोकतान्त्रिक पार्टी बन्ने र बहुमत र दुई तिहाइको सरकार बनाउने उनले सुनाए ।

लामिछानेले आफूसहित बाँकी दुईजना उमेदवारहरु वाग्ले र खरेललाई दायाँबायाँ राखेर भने, ‘स्वर्णिम वाग्ले र रमेश खरेल राजनीतिक रोटी सेक्न आउनुभएको होइन । उहाँहरूले कमाउनुपर्ने सबै कमाउनुभएको छ । समाजका लागि दिन आउनुभएको छ । समाजले हामीलाई गुन लगाएको छ त्यो गुन तिर्छु भनेर आउनुभएको छ । संसद्मा गरिमामय उपस्थिति हाम्रो हुनेछ । तीनै भाइ विजय हुनेछौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस