भीम रावलसँग संवाद गर्न वार्ता टोली, सहमतिमा पुगेर आवश्यक जिम्मेवारी दिने निर्णय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भीम रावलसँग संवाद गर्न वार्ता टोली, सहमतिमा पुगेर आवश्यक जिम्मेवारी दिने निर्णय


१८ चैत्र २०७९, शनिबार


काठमाडौँ । नेकपा एमाले पूर्व उपाध्यक्ष भीम रावलसँग संवाद गर्न वार्ता टोली बनाएको छ।

शनिबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको ‌संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको हो।

उनीसँगै सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र सह इन्चार्ज कर्णराज थापा पनि यस टोलीमा छन्।

वार्ता टोलीले रावलसँग संवाद गर्ने र एउटा सहमतिमा पुगेर आवश्यक जिम्मेवारी दिने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस