मैले उपप्रधानमन्त्री बन्दिनँ कहिल्यै भनिन्, मन्त्री बन्दिनँ भन्या हो : उपप्रधानमन्त्री खड्का « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मैले उपप्रधानमन्त्री बन्दिनँ कहिल्यै भनिन्, मन्त्री बन्दिनँ भन्या हो : उपप्रधानमन्त्री खड्का


१८ चैत्र २०७९, शनिबार


अवरुद्ध राजमार्ग तत्काल सञ्चालनको व्यवस्था मिलाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ । निवर्तमान उपप्रधान एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफूले कहिल्यै पनि ‘उपप्रधान वा प्रधानमन्त्री बन्दिनँ’ नबनेको बताएका छन् ।

शुक्रबार उपप्रधान तथा रक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका खड्काले शनिबार बिहान बाडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रम पुगी सञ्चारकर्मीसँगको कुराकानीमा ‘मन्त्री मात्र बन्दिनँ’ भनेको हुँ बताएका हुन् ।

२०७२ सालमा अर्घाखाँचीको एउटा कार्यक्रममा उनले अब मन्त्री बन्दैन भनेका उनी हालै सरकार गठनका क्रममा काँग्रेसबाट प्रतिनिधित्व गर्दै उपप्रधान तथा रक्षा मन्त्री बनेपछि चौतर्फी रूपमा आलोचित बनेका छन् । अहिले उनको त्यो भनाई चौतर्फी रूपमा आलोचित बनेपछि उनले आफू मन्त्री बन्दैन भनेको र उपप्रधान वा प्रधानमन्त्री नबन्ने नभनेको स्पष्ट पारेका हुन् ।खड्काले धेरै पटक मन्त्री भइसकेकाले त्यसभन्दा माथिल्लो जिम्मेवारी पाए मात्र लिने भनेर भनेको बताए ।

उनले भने, ‘विभिन्न कार्यक्रमहरूमा सहभागी हुने क्रममा मलाई मेरो चेतनाले मेरो दिलले निष्कर्षमा के पुर्‍यायो भने । म धेरै चोटि मुलुकको मन्त्री भइसकेँ । ०५५ सालदेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, युवा तथा खेलकुद मन्त्री, जनसङ्ख्या तथा वातावरण मन्त्री, सञ्चार मन्त्री २/२ चोटि गृहमन्त्री । यत्रो धेरै मन्त्रालयको मन्त्री भइसकेँ । अब फेरि मैले मन्त्रीका रूपमा फर्कने, फेरि त्यसमा लालच देखाउनु उपयुक्त हुँदैन भन्ने लाग्यो । त्यसैले मैले घोषणा गरेँ । आजदेखि मेरो मन्त्री बन्ने अभियान बन्द भयो । आजदेखि मन्त्री बनाउने अभियानमा लाग्छु भनेर घोषणा गरेँ ।

अहिले सामाजिक सञ्जालमा मन्त्री बन्दिनँ भनेर पनि बनेको भन्दै टीकाटिप्पणी गरेको भन्दै उनले भने, ‘त्यसपछिको ७ वर्षको अन्तरालमा जुन अहिलेको घटनाक्रम आयो, त्यसपछि फेरि मलाई त्यही कुरा सोधियो, मैले त्यही भनेँ । अहिले सामाजिक सञ्जालमा आइरहेको छ, मन्त्री खान्नँ भन्नुहुन्थ्यो मन्त्री बन्दिनँ भन्नुभयो फेरि मन्त्री बन्नुभयो । मैले उपप्रधानमन्त्री बन्दिनँ कहिले भनेको थिएँ ? मैले मन्त्री बन्दिनँ भन्या हो । अहिले पनि उपप्रधानबिनाको प्लेन मन्त्री भएको भए म हुन्थिनँ । यो बीचमा मलाई पार्टीका नेताहरूले मन्त्री बन्न आग्रह गर्दा मैले त्यही कुरा भनेको थिएँ । अहिले म मन्त्री मात्र बनिरहेको छैन अहिले म मुलुकको उपप्रधानमन्त्री पनि छु भन्ने कुरा मेरा शुभचिन्तकहरू, सामाजिक सञ्जालमा मेराबारेमा टिप्पणी गर्नेहरू सबै मित्रहरूलाई प्रस्ट पार्न चाहन्छु म मन्त्री मात्रै बन्थिनँ, नबनेको हुँ । तर अहिले उपप्रधान र रक्षा मन्त्रीको जिम्मेवारी पार्टीको सभापतिले विश्वास गरेर दिनुभयो । त्यसैले मेरो वचनबाट म कहीँ दायाँबायाँ गर्‍या छैन ।’

मन्त्री खड्काले विगतमा गृह, सूचना तथा सञ्चार, युवा, खेलकुद तथा संस्कृति, वातावरण र उद्योग वाणिज्य मन्त्री भएर काम गरेका थिए । यस पटक रक्षा मन्त्रालयको जिम्मेवारी लिएर छैटौँ पटक मन्त्री बनेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस