गजल « प्रशासन
Logo २५ जेष्ठ २०८०, बिहिबार
   

गजल


१८ चैत्र २०७९, शनिबार


खुशी दिन्छु भन्दै मेरो सामु आयौ
दिँदै साथ हरदम हियामा सजायौ

लुकाएर पीडा सधैँभित्र मनमा
खुसी साथ मेरो तुनामा समायौ

सजाएर सिउँदो चढाएर डोली
गरी दुःख आफैँ खुसीमा बसायौ

नशामा रमाई फकायौ मलाई
फसाएर व्यर्थै मेरो मन दुखायौ

अनायास धोका दिँदै आज प्यारा
सडकमा मलाई बिचल्ली बनायौ

प्रतिक्रिया दिनुहोस