पाँचथरमा सवारी दुर्घटनामा एकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पाँचथरमा सवारी दुर्घटनामा एकको मृत्यु


१८ चैत्र २०७९, शनिबार


पाँचथर । पाँचथरमा गए राति सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

मेची राजमार्गअन्तर्गत फिदिम नगरपालिका-३ कान्छीदोकान बजार छेउमा गए राति प्र १-०१-००१ च ९३४९ को कार सडकबाट करिब २०० मिटर तल झरेर दुर्घटना हुँदा कारमा सवार १८ वर्षीया रश्मि भुजेलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार मृतकका बाबु झापाको बिर्तामोड नगरपालिका–१ का ४५ वर्षीय राजु भुजेलले चलाएको कार सडकबाट झरेर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा चालक राजुसहित उनकी श्रीमती ३९ वर्षीया लीला भुजेल, बहिनी ४० वर्षीया सीता भुजेल र छोरी रश्मि घाइते भएका थिए । घाइतेमध्ये रश्मिलाई उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घाइते तीनै जनाको अवस्था गम्भीर रहेको र जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा कारमा सवार राजुका १३ वर्षीय छोरा राज मोहन भने सकुशल छन् । दुर्घटनाको कारण पत्ता लाग्न नसकेको प्रहरीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस