इन्डियन प्रिमियर लिग : चेन्नईलाई हराउँदै गुजरातको विजयी सुरुवात « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इन्डियन प्रिमियर लिग : चेन्नईलाई हराउँदै गुजरातको विजयी सुरुवात


१८ चैत्र २०७९, शनिबार


काठमाडौँ । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटको उद्घाटन खेलमा साबिकको विजेता गुजरात टाईटन्सले विजयी सुरुवात गरेको छ ।

शुक्रबार राति सम्पन्न उद्घाटन खेलमा गुजरातले चेन्नई सुपरकिंग्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । चेन्नईले दिएको १७९ रनको लक्ष्य पछाएको गुजरातले १९।२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

यसैगरी आईपीएल अन्तर्गत आज दुई खेल हुँदैछ । पन्जाब किंग्स र कोलकाता नाइटराइडर्स बीचको पहिलो खेल दिउँसो ३:४५ बजेबाट शुरु हुनेछ । लखनऊ सुपर जाएंट्स र दिल्ली क्यापिटल्स बीचको दोस्रो खेल राति ७:४५ बजेबाट शुरु हुनेछ ।

यसका अनुसार लिग चरणमा हरेक टोलीले १४/१४ खेल खेल्नेछ । ७४ खेल खेलिने आईपीएल आगामी २८ मे सम्म जारी रहने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस