एसइईको परीक्षा केन्द्रमा खटेका असईको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एसइईको परीक्षा केन्द्रमा खटेका असईको मृत्यु


१७ चैत्र २०७९, शुक्रबार


जनकपुरधाम । महोत्तरीमा एसइईको परीक्षाको सुरक्षाका लागि परीक्षा केन्द्रमा खटेका एक सुरक्षाकर्मीको मृत्यु भएको छ ।

शुक्रबार महोत्तरीको बलवा नगरपालिका–१० स्थित श्री राष्ट्रिय जनता मावि धमौराको परीक्षा केन्द्रको सुरक्षामा खटेका असई ललनकुमार राय पटेलको मृत्यु भएको हो।

पटेलको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याइएको थियो । उपचारको क्रममा बिहान करिब साढे ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

असई पटेल जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिए।

Tags :
प्रतिक्रिया दिनुहोस