संसद भवन झगडा गर्ने थलो बनेको ज्ञानेन्द्रको टिप्पणी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संसद भवन झगडा गर्ने थलो बनेको ज्ञानेन्द्रको टिप्पणी


१७ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले संसद् भवन झगडा गर्ने थलो बनेको टिप्पणी गरेका छन्।

शुक्रबार गुल्मी सदरमुकाम तम्घासमा राप्रपाले आयोजना गरेको पत्रकार सम्मेलनमा शाहीले संसद् भवनमा जनताको समस्या समाधान गर्ने विषयमा छलफल नभई झगडा गर्ने थलो बनेको बताएका हुन।

देशमा पछिल्लो अवस्था राजनीति अवसरवादी भएको उनले बताए। मन्त्रीहरूले लगाएको कोट परिवर्तन गर्न नपाउँदै सरकार परिवर्तन हुने गरेको बताउँदै शाहीले राजनीति राजनीति राज्यको निम्ति नभई अवसरका निम्ति भएको र राजनीति घिन लाग्ने खालको भएको भएको टिप्पणी गरे।

देशमा राजनीति अस्थिरताका कारण आर्थिक अवस्था सङ्कटमा रहेको बताए। उनले राज्यको करले कर्मचारीलाई तलब पनि खुवाउन नसक्ने भन्दै राज्यको नाममा २० खर्ब भन्दा बढी आर्थिक भार रहेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस