अनधिकृत संरचना हटाउन दिएको सूचना तत्काल कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अनधिकृत संरचना हटाउन दिएको सूचना तत्काल कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश


१७ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अनधिकृत संरचना ७ दिनभित्र हटाउन दिएको सूचनालाई तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश धीर बहादुर चन्दको एकल इजलासले बिहीबार दर्ता भएको रिट निवेदनमा सुनुवाइ गर्दै ‘तोकिएको समयमा नहटाए महानगर आफैँले संरचना हटाउने’ भनी जारी गरेको सूचना हाललाई कार्यान्वयन नगर्न आदेश दिएको हो ।

महानगरको सूचनाबाट प्रभावित हुने बस्तीका स्थानीयहरू जानुका पोख्रेल, शुभ माया परियार (कपाली), सानु तामाङ, पवित्रा नेपाली, झवरलाल उराव तथा नेपाल महिला एकता समाजले संयुक्त रूपमा चैत १६ गते उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका थिए । उनीहरूले काठमाडौँ महानगरपालिका, राष्ट्रिय भूमि आयोग, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग लगायतलाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।

काठमाडौँ महानगरले चैत ११ गते नदी बहाव, नदी उकास, नदी किनार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा निर्माण तथा अनधिकृत रूपमा निर्माण भएका संरचना हटाउन भन्दै सूचना निकालेको थियो । संरचना हटाउन महानगरले दिएको सात दिने म्याद शुक्रबार सकिँदै थियो ।

महानगरले पटक पटक सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना निर्माण गर्नेलाई हटाउन आग्रह गर्दै आएको छ । यस्तै, अनधिकृत संरचना नहटाएमा स्थानीय सरकार सञ्चाल ऐन २०७४ तथा विषय सम्बद्ध अन्य प्रचलित कानुन बमोजिम हटाइने र हटाउँदा लाग्ने खर्चसमेत पुनः सम्बन्धित पक्षबाटै असुल उपर गरिने समेत चेतावनी दिएको छ ।
यस्तो छ रिट निवेदन:

Tags :
प्रतिक्रिया दिनुहोस