उपनिर्वाचन हुने क्षेत्रमा तोकिए मुख्य निर्वाचन अधिकृत « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

उपनिर्वाचन हुने क्षेत्रमा तोकिए मुख्य निर्वाचन अधिकृत


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने तीन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ ।

आयोगले आगामी १० गते हुने प्रतिनिधिसभासदस्‍य उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर-२ का लागि जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र नम्बर २ का लागि मुकेश उपाध्याय र तनहुँ क्षेत्र नम्बर-१ का लागि कमलप्रसाद आचार्यलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यकाल खुल्नेछ भने उपनिर्वाचनका लागि २० गते उम्मेदवारीको मनोनयन दर्ता हुने आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस