लिम्बुलाई सरकारले शहीद घोषणा गर्नुपर्ने र छोराको जिम्मेवारी लिनु पर्ने माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लिम्बुलाई सरकारले शहीद घोषणा गर्नुपर्ने र छोराको जिम्मेवारी लिनु पर्ने माग


१६ चैत्र २०७९, बिहिबार


विराटनगर । कोशी प्रदेश नामाकरणको आन्दोलनका क्रममा घाइतेपछि मृत्यु भएका पदम लिम्बुलाई शहिद घोषणा गर्नु पर्ने उनको परिवारले माग गरेको छ ।

बेलबारी नगरपालिका–२, लालभित्तीका लिम्बुको चैत ५ गते विराटनगरमा भएको पहिचानको आन्दोलनका क्रममा मृत्यु भएपछि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

लिम्बु परिवारले सरकारले शहीद घोषणा गर्नु पर्ने र पदमको छोराको भविष्यको जिम्मेवारी लिनु पर्ने दाबी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस