एपीएफले कोशीलाई दियो १५५ रनको लक्ष्य « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एपीएफले कोशीलाई दियो १५५ रनको लक्ष्य


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेटको उपाधिका लागि एपीएफले कोशी प्रदेशलाई १ सय ५५ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा १ विकेट गुमाएर १ सय ५४ रन बनाएको छ।

एपीएफका लागि ओपनर तथा कप्तान सीता राना मगरले ७९ रनको अर्धशतकीय ईनिङ खेलिन्। यस्तै इन्दु बर्माले ५१ रनको अर्धशतकीय इनिङ खेलिन्।

सीता र इन्दुबीच दोस्रो विकेटका लागि १ सय ३६ रनको साझेदारी भयो। कोशीका लागि अलिसा खडियाले १ विकेट लिइन्।

अपराजित रूपमा फाइनलमा स्थान बनाएको एपीएफले समूह चरणको खेलमा कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो। कोशीले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस