चितवन उडे प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

चितवन उडे प्रधानमन्त्री प्रचण्ड


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन भएको छ । मन्त्रालय भागबन्डाका लागि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष सकिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन जानुपर्ने भएकोले कुन दलले कुन मन्त्रालय लिने भन्नेमा विस्तृत छलफल गर्न नपाइएको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ गठबन्धन बैठक छाडेर चितवन गएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह र भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासमा उनी सहभागी हुने कार्यक्रम छ ।

उनी दिउँसो १ बजे काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्डको व्यस्तताले बैठक दिउँसो २ बजे पुन: बस्ने गरी सकिएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनले केही मन्त्रालयको टुङ्गो लाग्न बाँकी रहेकोले दिउँसो बैठक बसेर टुङ्ग्याइने बताए ।

प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्ने र नयाँ मन्त्रीहरूको शपथ आजै गराउने तयारी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस