सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


१५ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुन तोलामा ५ सय रुपैयाँले बढेर तोलामा १ लाख ८ हजार ५०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो मंगलबार भने छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । हिजो मंगलबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदीको मूल्य तोलामा १ हजार ६६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस