२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप छनोट प्लेअफ : आज दुई खेल हुँदै

अ+ अ-

काठमाडौँ । नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा आज दुई खेल हुदैछ ।

नामिबियाको विन्डोकमा रहेको वन्डुरस र युनाईटेड क्रिकेट मैदानमा समान १/१ खेल हुदैछ ।

वन्डुरस क्रिकेट मैदानमा हुने खेलमा क्यानडा र अमेरिकाबीच खेल हुदैछ । प्रतियोगितामा दोस्रो खेल खेल्न लागेका दुवै टोली अपराजित यात्रा कायम राख्न चाहन्छ ।

क्यानडा आजको खेलमा विजयी भए एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाउन लगभग तयार हुनेछ । अमेरिका भने विश्वकप छनोटमा आफ्नो स्थान बनाउन जित निकाल्न चाहन्छ ।

आज नै हुने अर्को खेलमा नामिबिया र पपुवा न्युगिनी(पीएनजी) खेल्दै छन् । खेल युनाइटेड मैदानमा हुनेछ ।

दोस्रो खेल खेलिरहेका दुवै राष्ट्र पहिलो जितको खोजीमा रहेका छन् । पीएनजी आजको खेलमा जित हात पारेर एक दिवसीय अन्तराष्ट्रिय मान्यता कायमै राख्ने सम्भावना जीवित राख्न चाहन्छ । दुवै खेल नेपाली समय अनुसार दिउँसो सवा १ मा सुरु हुनेछ ।

प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । प्लेअफमा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरूको सहभागिता रहेको छ ।

लिग टू मा नामिबिया चौथो, अमेरिका पाँचौँ, युएई छैटौँ र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा रहेका छन् । प्लेअफमा च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा पनि रहेका छन् ।