केपी ओलीले भने : मलाई प्रधानमन्त्री बन्ने कुनै रहर छैन « प्रशासन
Logo १६ जेष्ठ २०८०, मंगलबार
   

केपी ओलीले भने : मलाई प्रधानमन्त्री बन्ने कुनै रहर छैन


१४ चैत्र २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्ने कुनै रहर नभएको बताएका छन्।

पाल्पामा आयोजित मिसन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री भएर धेरै काम गरेको भन्दै फेरि पनि प्रधानमन्त्री बन्न कुनै रहर नभएको बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्री भएर मैले धेरै काम गरेको छु। तपाईँहरूले मन पनि पराउनुभएको छ। यतिले मलाई पुगेको छ । तर देश जोगिन पर्‍यो। देशको रक्षा हुनपर्‍यो। देशको भूगोल अलिकति सानो भयो। म प्रधानमन्त्रीबाट छोड्दा जत्रो देश थियो, त्यो देश प्रचण्ड शेरबहादुरहरूले अलिकति खुम्च्याए। आफ्नो भूभाग नदेखेझैँ गरे । कस्तो दलाली, कस्तो चाकडी होला। सरकारमा छन् र देश मिचिएको देख्दैनन्। देशको रक्षा गर्ने कर्तव्य हो नि। तर खोइ मैले त देखिनँ भन्छन्।’

Tags :
प्रतिक्रिया दिनुहोस