प्रधानमन्त्रीको निर्देशन : कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्नुस् « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्रीको निर्देशन : कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्नुस्


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लेले कीर्तिपुरको क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका छन् ।

विश्वकप छनोटमा पुग्न सफल भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई शुक्रबार सरकारी निवास बालुवाटारमा बोलाएर बधाई दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

सुविधा सम्पन्न क्रिकेट रङ्गशाला निर्माण कार्य तीव्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको भन्दै प्रधानमन्त्री दाहालले विजेता खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

सम्बन्धित समाचार : नेपाली क्रिकेट टीमका खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री दाहालले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशालाका समस्या समाधान गरी सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस