बितेको वर्ष सिकाइमा उर्वर रह्यो, कसैप्रति रिस छैन : पल शाह  « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

बितेको वर्ष सिकाइमा उर्वर रह्यो, कसैप्रति रिस छैन : पल शाह 


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । अभिनेता पल शाहले पछिल्लो एक वर्ष सिकाइको उर्वर समयको रूपमा लिएको बताएका छन् । पारिवारिक होलीको तस्बिरसहित शाहले बितेको एक वर्ष सिकाइको उर्वर समय भएको बताए । 

सिकाइ जीवनभर अनवरत चलिरहने प्रक्रिया भएको भन्दै उनले मनमा कसैप्रति रिस बाँकी नरहेको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूमा कुनै प्रतिशोधको भावना नभएको पनि प्रस्ट गरे । 

उनले लेखेका छन्, “छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पूरा गर्ने एउटै लक्ष्य । साथै, मेरो बितेको एक वर्षको त्यो घटनासँग जोडिएका सम्पूर्ण व्यक्तित्वहरूमा मेरो सदा सम्मान र सद्भाव ।”

उनले बितेको घटनाको दोषी समय भएको पनि उल्लेख गरेका छन् । उनी लेख्छन्, “यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो । त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो व्यवहार नगरिदिनुहोला । उहाँहरूसँग फेरि सहकार्य गर्ने वातावरण मिलोस् ।”

Tags :
प्रतिक्रिया दिनुहोस