प्रदेश १ को नाम ‘कोसी’ दुई तिहाइ बहुमतले पारित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश १ को नाम ‘कोसी’ दुई तिहाइ बहुमतले पारित


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । प्रदेश नं एकको नाम कोशी कायम भएको छ । प्रदेश सभाको आज बसेको बैठकको दुई तिहाइ बहुमतबाट कोसी नाम पारित भएको हो । 

प्रदेशको नाम कोशी राख्न एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव गरेका थिए । त्यो प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८२ र विपक्षमा ५ मत परेको हो । कोसीको पक्षमा काँग्रेस र एमालेसमेत एकमत थिए । राप्रपाले पनि कोसीलाई समर्थन गरेको थियो । 

यसअघि नाम संशोधनको लागि दिइएको दुई घण्टाको समयमा कमलप्रसाद जबेगु र राजेन्द्र राईले संशोधन दर्ता गरेका थिए । 

पहिचानको आधारमा नाम राख्नुपर्ने मागसहित प्रदेशसभामा राईले किराँत (लिम्बुवान (सगरमाथा नाम दर्ता गराएका थिए । त्यो प्रस्तावमाथि उनले संशोधन हालेका थिए । सगरमाथाको ठाउँमा राईले कोसी राखेर संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

सभामुख बाबुराम गौतमले प्रस्ताव फिर्ता गर्न समय दिएपनि राईले प्रस्ताव फिर्ता नगर्ने सभामा जानकारी गराएका थिए । सभाले राईको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस