केपी ओली कपको उपाधि मच्छिन्द्रले जित्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

केपी ओली कपको उपाधि मच्छिन्द्रले जित्यो


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । मच्छिन्द्र फुटबल क्लबले केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बुधवार दशरथ रङ्गशालामा भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी शुटआउटमा ५-३ गोल अन्तरले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो । 

निर्धारित ९० मिनेटमा १-१ को बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । त्यसअघि मच्छिन्द्रका लागि खेलको ५ औँ मिनेटमा आफिज ओलावालेले गोल गर्दा सातदोबाटोका लागि खेलको १८ औँ मिनेटमा जोर्डन ओवानाले गोल गरेका थिए । 

उपाधिसँगै मच्छिन्द्रले १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको  सातदोबाटोले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको प्रतियोगितामा आयोजक केपी ओली फुटबल क्लबसहित ८ वटा टोलीको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस