नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानुपर्छ : प्रधानमन्त्री « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानुपर्छ : प्रधानमन्त्री


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्ने बताएका छन् । 

आज अपराह्न अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) का महानिर्देशक डा. ब्रुनो ओबेरल सहितको एक प्रतिनिधि मण्डलसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आइयुसिएनसँगको साझेदारी लामो समयदेखि हुँदै आएको उल्लेख गर्दै प्राकृतिक साधनस्रोतको व्यवस्थापनबाट जनसमुदायको आर्थिक उत्थानका क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

आइयुसिएनका महानिर्देशक ओबेरलले नेपालले जैविक विविधता र वातावरण संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्दै नेपालसँगको साझेदारीमा भएका कार्यहरूप्रति सन्तोष व्यक्त गरे । नेपाल सन् १९७४ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ ९आइयुसिएन० को सदस्य राष्ट्र रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस