सूर्योदय वोमी लघुवित्तले १५ प्रतिशत बोनस सेयर दिने « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

सूर्योदय वोमी लघुवित्तले १५ प्रतिशत बोनस सेयर दिने


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।

१६ फागुन मङ्गलवार बसेको लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफबाट सेयर धनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साबिकको वोमी लघुवित्त र सूर्योदय लघुवित्तबिच मर्जर भई २९ चैत २०७८ बाट एकीकृत कारोबार सुरु भएको थियो ।

मर्जर भई एकीकृत कारोबार सुरु गरेको मितिले दुई वर्षसम्म मर्जर हुँदा कायम सेयर धनीलाई लाभांशमा लाग्ने कर छुट हुने व्यवस्था रहेकोले कर प्रयोजनको लागि लाभांश प्रस्ताव नभएको लघुवित्तले जनाएको छ ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयर धनीमा वितरण हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस