प्रहरीको भ्यानबाट फरार भएका थुनुवा पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रहरीको भ्यानबाट फरार भएका थुनुवा पक्राउ


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । प्रहरीको भ्यानबाटै फरार भएका बलात्कार आरोपी ७२ घण्टापछि पक्राउ परेका छन् ।

धनुषा जिल्ला अदालतबाट दोस्रो पटक १० दिन म्याद थप गरेर फर्किँदै गर्दा फरार भएका सबैला नगरपालिका-१३ का २८ वर्षीय राजाबाबु मुखिया मङ्गलवार राति पक्राउ परेका हुन् ।

मुखियालाई धनुषाकै जनकनन्दनी गाउँपालिका-१ इनर्वास्थित भारतीय सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अदालतमा म्याद थपका लागि लगेर प्रहरी कार्यालय ल्याउँदै गर्दा उनी फरार भएका थिए। थुनुवालाई राखेको गाडीमा सुरक्षार्थ खटिएका ६ जना प्रहरीमाथि पनि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस