हडपेका सार्वजनिक सम्पत्ति फिर्ता गर्न मेयर सिंहको आग्रह « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

हडपेका सार्वजनिक सम्पत्ति फिर्ता गर्न मेयर सिंहको आग्रह


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले महानगरपालिकाको हडपेका सार्वजनिक सम्पत्ति महानगरपालिकालाई हस्तान्तरण गर्न आग्रह गरेका छन् ।

मेयर सिंहले सामाजिक सञ्जाल मार्फत यस्तो आग्रह गरेका हुन् । मेयर सिंहले, ‘मठ मन्दिर सार्वजनिक जमिन अतिक्रमण गर्नुभएका महानुभावहरूले कृपया आफैँ वीरगन्ज महानगरलाई सो सम्पत्ति हस्तान्तरण गरिदिनुहुन अनुरोध छ,’ उनले लेखेका छन् ।

मेयर सिंह अहिले महानगरपालिकामा हडपिएका विभिन्न जग्गा खोजी गर्न लागि परेका छन् । उनले माईदिया पोखरी हडपेर निर्माण गरेकाहरूको घरमा डोजर लगाएका छन् । चार बिघा क्षेत्रफल रहेको उक्त पोखरी १८ कठ्ठामा खुम्चिएको समाचार सार्वजनिक भएपछि मेयर सिंह कडा रूपमा प्रस्तुत भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस