बालयौन दुर्व्यवहारको आरोपमा प्रधानाध्यापक पक्राउ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

बालयौन दुर्व्यवहारको आरोपमा प्रधानाध्यापक पक्राउ


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । ओखलढुङ्गाको मुलुङ गाउँपालिका-२ धुस्केबाट प्रहरीले एकजना प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेश माविका प्रधानाध्यापक योगेन्द्र प्रसाद धमला छन् ।

मुलुङ-२ धुस्के घर भएका धमलाले दुईजना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ । प्रधानाध्यापक धमलाविरुद्ध बालयौन दुरुपयोग कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको ओखलढुङ्गाका डिएसपी दिपक केसीले बताए ।

प्रअ धमलाले दुर्व्यवहार गरेको भन्दै दुईजना छात्राले उजुरी दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस