अब दलित समुदायलाई नि:शुल्क स्वास्थ्य बीमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अब दलित समुदायलाई नि:शुल्क स्वास्थ्य बीमा


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ। साँगुरीगढी गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका दलित समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । पाँच जनासम्मको परिवारलाई सरकारले तोकेको निश्चित रकम र सो सङ्ख्याभन्दा बढी भए प्रतिव्यक्ति थप बुझाउनुपर्ने सबै रकम पालिकाले तिरेको हो ।

हालसम्म पालिकाले एक सय २१ दलित समुदायको निःशुल्क बीमा गरिदिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशकुमार यादवले जानकारी दिए । दश वडा भएको पालिकाको वडा नं ८ बाहेक सबै वडाका दलित परिवारको बीमा गरिएको उनको भनाइ थियो ।

गएको साउनदेखि पालिकाले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेर उक्त कार्यक्रम ल्याएको पालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।

उक्त पालिकाले आफ्ना पालिकामा कार्यरत अन्य ५२ महिला स्वास्थ्य स्वयंसेवीकाहरुको पनि निःशुल्क स्वास्थ्य बीमा गरिदिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस