उपप्रधानमन्त्री श्रेष्ठ दोहा जाँदै « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

उपप्रधानमन्त्री श्रेष्ठ दोहा जाँदै


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण स्थगित भएपछि कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ जाने भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई सम्मेलनमा भाग लिन पठाउने निर्णय गरेको हो । मन्त्री श्रेष्ठको सचिवालयका अनुसार फागुन १९ गते श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल दोहा जानेछ भने २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

एलडीसी राष्ट्रहरूको सम्मेलन यही मार्च ५ देखि मार्च ९ सम्म कतारको दोहामा आयोजना हुँदैछ । पाँचौँ राष्ट्रसङ्घीय सम्मेलनमा सम्भावनादेखि समृद्धिसम्मका विषयमा बहस हुँदैछ । विश्वका अति कम विकसित देशहरू सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने दौडमा रहेका छन् ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीलगायत कारणले प्रधानमन्त्री दाहालको शुक्रबार कतार जाने कार्यक्रम स्थगित गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस