किन भनियो गोविन्द बन्दी प्रधानमन्त्रीका शान्ति तथा मानव अधिकार सल्लाहकार ? « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

किन भनियो गोविन्द बन्दी प्रधानमन्त्रीका शान्ति तथा मानव अधिकार सल्लाहकार ?


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । सोमबार जेनेभास्थित संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगले एउटा विज्ञप्ति जारी गर्‍यो।

संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषद्को कार्यक्रममा सहभागी हुन आइपुगेको नेपाली प्रतिनिधि मण्डल र जेनेभामा भएका गतिविधिबारे जानकारी दिन सार्वजनिक गरिएको उक्त विज्ञप्तिमा टोलीको नेतृत्व गरेर गएका गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी)लाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का शान्ति तथा मानव अधिकार सल्लाहकार भनिएको छ।

सोही पदीय हैसियतमा बन्दीले आज परिषद्को उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने तय गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस